मध्यराति नै किन भयो प्रधानमन्त्री र चिनियाँ उपमन्त्रीको भेटवार्ता
काठमाडौं ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोलीले आइतवार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
सोमवारका लागि भेट तय भएको बताइए पनि चिनियाँ टोलीले प्रधानमन्त्री ओलीलाई आइतवार राति नै भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले उक्त भेटको पुष्टि गरेका हुन्। दुई घण्टाको भेटमा के कुरा भयो, त्यसबारे केही खुलाइएको छैन।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको थियो।
आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचाओको नेतृत्वमा काठमाडौं उत्रेको प्रतिनिधिमण्डल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन्।