सरकारले टिकटकलाई प्रतिबन्ध लगाउनु उपयुक्त देखिन्न


पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले टिकटक बन्द गर्न गरेको निर्णय उपयुक्त नभएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले एउटा प्लेटफर्मलाई नियमन गर्नुको साटो बन्द गर्नु उपयुक्त नभएको बताएका हुन्।

उनले भनेका छन्, ‘सरकारले एक्कासी एउटा प्लेटफर्म टिकटिक लाई मात्र प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त देखिन्न। यसले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउन सक्छ र प्रत्युत्पादक हुनसक्छ।’

यस्तै उनले सुरुमा कुनै पनि प्रकारको प्रविधिको दुरुपयोग हुने र त्यसलाई राज्य/समाजले विधिसम्मत ढंगले नियमन गर्ने र विधिको पालन नभएमा विधिसम्मत ढंगले नै दण्डित गर्ने स्थापित लोकतान्त्रिक पद्धति भएकोमा नेपालमा पनि केही समयदेखि सामाजिक सन्जाललाई कतिपय प्रतिगामी,अराजक,उच्छृंखल व्यक्ति/समूहले दुरूपयोग गरेको दाबी गरेका छन्।

राज्यले उपयुक्त कानून/नियम बनाएर तिनलाई नियमन गर्ने र व्यापक जनमत निर्माण गर्ने काम पहिले गर्नुपर्नेमा बन्द गर्न उचित नभएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *