सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गर्‍यो : रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट नयाँ धन्दा सुरु गरिएको आरोप लगाए । जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको उनको भनाइ थियो ।

देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै उनले गलत काम गर्नेसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

बारुदबाट यसअघि परिवर्तनको प्रयास गरिएको उनले उल्लेख गरे । अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।उनले नेपाल संवत्लाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउँदो बैठकमा लिएर जाने घोषणा समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *