थवाङ विचार र क्रान्तिको प्रतीक हो, विप्लवसँग छिट्टै एकता


प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन्। शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले भने, ‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो।’थवाङ विचार र क्रान्तिको प्रतीक रहेको उनको भनाइ छ। विचार र गुणात्मक परिवर्तन थवाङले नै दिएको उनले दाबी गरे। उनले भने, ‘एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु।’
थवाङलाई देश मात्र नभई विश्वले नै चिन्ने भन्दै उनले बेला बेला थवाङले संसारलाई नै महत्त्वपूर्ण सन्देश दिने दाबी गरे। उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएको बताउँदै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकताबद्ध हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *