ग्लोबल आईएमई बैंकले कमायो १ अर्ब २२ खुद नाफा
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनकि गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको हो ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।