देश किराना पसलजस्तो भयो : रविन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्रले देश किराना पसलजस्तो भएको टिप्पणी गरेका छन् ।
पार्टी प्रशिक्षणका लागि उदयपुर पुगेका मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वर्तमान सरकारको काम बिहान उठेर पसल खोल्ने र दिनभर व्यापार गर्ने, बेलुका बन्द गरी घरमा गएर सुत्नेभन्दा बाहेक केही काम हुन सकेको बताए ।
उनले जनताका जनजीविकाका सवाल जस्ताको त्यस्तै रहेको, संस्थागत भ्रष्टाचार मौलाएको तर यस विषयमा सरकार मौन रहेको बताए ।
उपाध्यक्ष मिश्रले बालुवाटार जग्गा, सुनकाण्डलगायतका थुप्रै प्रकरणमा सरकारले नाङ्लो ठोकेर हात्ती तर्साउने प्रयास मात्र भएको दाबी गरे । उनले देश सामाजिक रूपमा, आर्थिक रूपमा र राजनीतिक रूपमा भड्खालोतिर गइराखेकोले देशलाई माया गर्ने सम्पुर्ण नेपालीले गम्भट्ठर भएर सोच्नु पर्ने आवश्यकता रहेको बताए ।