उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षमा दिल सुन्दर श्रेष्ठ
उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षमा दिल सुन्दर श्रेष्ठ निर्बिरोध निर्वाचित
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षमा दिल सुन्दर श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन्। प्रदेशको चौथो प्रदेश सभाबाट श्रेष्ठ बागमती प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
महासंघको तत्कालिन केन्द्रिय समिति सदस्य तथा मेला समिति संयोजक समेत रहेका श्रेष्ठलाई धुलिखेल उद्योग बाणिज्य महासंघले अध्यक्षको लागि प्रस्ताव गरेको थियो। श्रेष्ठ धुलिखेल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन्।
२०५४ सालमा धुलिखेल उद्योग बाणिज्य संघमा कार्यसमिति समिति सदस्य रहेका श्रेष्ठ उक्त संघमा २०६३ देखि २०७३ सालसम्म लगातार तीन पटक अध्यक्षको भूमिकामा थिए।
महासंघको केन्द्रिय समितिमा २०६८ सालमा मनोनित कार्यकारिणी समिति सदस्य रहेका श्रेष्ठ २०७० देखि २०७७ सालसम्म महासंघमा निर्वाचित कार्यसमिति सदस्य रहेर आफ्नो जिम्मेवारी पुरा गरेका छन्।