रेल कात्रो ओढाएर राखिएको छ : भीम रावल


काठमाडौँ। नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताए ।रावलले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिइएको भन्नु गलत रहेको बताए । ‘हामीले के काम गर्न दिएनौं? रेल अहिले कात्रो ओढाएर राखिएको छ । फलामहरू चोरी हुँदैछ । त्यही पनि हामीले रोकेनौं । जहाज चलाउँछौं भन्नुभयो, हामीले रोकेनौं । रातारात झिलिमिली पार्छु भन्नुभयो, हामीले रोकेनौं । निजगढ, पोखरा, भैरहवा विमानस्थल हामीले बनाऔं भनेकै छौं । तर हामीले जनघाती कामको भने विरोध गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *