सिटिजन्स बैंकले पायो ३ अर्बको ऋणपत्र निष्काशन अनुमति


सिटिजन्स बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकि १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *