सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गर्यो
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका छन् ।
आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताए ।सुन तस्करी प्रकरणमा पक्राउ परेका एकजनालाई सरकारले जानी जानी राजस्वबाट भगाएको ओलीले तर्क गरे । सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केही पनि फेला पर्न नसकेको समेत उनले बताए ।
ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृतिम मूल्यवृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।