बढी तौलका एलपी ग्यास बिक्रीवितरण भइरहेको छ, दुर्घटना निम्तिन सक्छ


नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अनाधिकृत रूपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रीवितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीहरूले बढी तौलका खाना पकाउने ग्यास बिक्रीवितरण गरिरहेको बताए ।  यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्रीवितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।

“बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको छ , यसले ठूलो दुर्घटना निम्ताउन सक्छ,” उनले भने ।

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *