एनआईसी एशिया बैंकले गर्यो बम्पर लाभांश घोषणा
एनआईसी एशिया बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेका कारण लगानीकर्ताको हात खाली भएको अवस्थामा बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । एनआईसी एशिया सम्भवत यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्ने देखिएको छ ।