डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो


डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो ।

अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १७ हजार ५३० जना छन् ।

त्यस्तै, वाग्मतीमा तीन हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिममा ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ७९९ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *