सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन खुला
सिटिजन लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ)मा आजदेखि आवेदन खुला भएको छ । भदौ १५ गते शुुक्रबारदेखि भदौ १९ गते मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता बिक्री गर्ने हुने भएको छ । कूल निष्काशनमध्ये ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।
५ लाख ६२ हजार ५०० कित्ता कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।