निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्य छायो


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरूले निष्ठा र आदर्शको भुल्दा जनमानसमा राजनीतिप्रति नै नैराश्यता छाएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले बुधबार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा कोइरालाले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित भएको टिप्पणी गरे ।

उनले भने, “सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ ।”

कोइरालाले नेपालका राजनीतिक दलका नेताहरूले सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको टिप्पणी समेत गरे ।

राजनैतिक पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने भन्दै कोइरालाले राजनीतिलाई सेवाका रूपमा लिनुपर्ने बताए ।

“पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइ गयो नी,” उनले भने, “आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *