कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन थुनामा राख्न अनुमति


भेप सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार पक्राउ परेका महरालाई बिहीबार सार्वजनिक बिदा भएका कारण प्रहरीले म्याद थपका लागि आजै अदालतमा पेस गरेको थियो । अदालतले महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

इलेक्ट्रिक सिगरेट ‘भेप’मा राखेर तस्करी गरिएको सुन ९ किलो भन्दा धेरै भएको अनुसन्धानको ठहर छ । चिनियाँ तस्करमार्फत आएको सुन छुटाउनका लागि राहुलले सयौं पटक भन्सारका कर्मचारी र चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएको थियो ।

यो प्रकरणमा पूर्वसभामुख महराको समेत फोन सम्पर्क देखिएको छ । उनी भने पक्रउ परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *