हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु


इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ ।

दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ ।

करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् ।

इरान समर्थित हुथी विद्रोहीले सन् २०१५ देखि ताएज प्रवेश गर्ने मुख्य सडकहरू अवरुद्ध गर्दै आएका छन् । यमनका युद्धरत पक्षहरूले अप्रिलदेखि युद्धविरामको पालना गर्दै आएका छन्, जसले शत्रुतामा भारी कमी ल्याएको छ, यद्यपि सानो स्तरको लडाइँ जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *