उच्च ब्याज र राष्ट्र बैंकको चेपुवामा सेयर बजार


पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा लिने ऋणीहरुमा गिरावट आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घटेको छ । बैंकहरुको उच्च ब्याज र राष्ट्र बैंकले सेयर धितोमा दिने कर्जामा उच्च जोखिम भार र विभिन्न सर्त राखेपछि उक्त कर्जा घटेको सम्बद्ध सरोकारवालाहरु बताउँछन ।

तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रबाह गरेको छ । तर अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ लगानी भएको थियो । एक वर्षको अवधिमा यस्तो प्रकृतिको ऋण ५.२ प्रतिशतले घटेको हो । साथै सो अबधिमा १ करोड रुपैयाँभन्दा माथिको मार्जिन ऋण ४ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड रुपैयाँभन्दा तलको मार्जिन प्रकृतिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ प्रबाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अबधिमा त्यस्तो कर्जा ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी भएको थियो । पछिल्लो १ वर्षको अबधिमा १ करोडभन्दा रुपैयाँभन्दा तल ५० लाख भन्दा माथिको साना खालका मार्जिन कर्जा भने ११.५ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ यस्तो कर्जा लगानी भएकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा बढेर ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी भएको छ । यस्तै सो अबधिमा २५ लाखभन्दा माथि ५० लाखसम्मको मार्जिन प्रकृतिको कर्जा भने १५.९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा १५ अर्ब २० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो ।

यसैगरी, २५ लाख भन्दा तलको मार्जिन कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.९ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा २५ लाखभन्दा तलको मार्जिन कर्जा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँमात्र लगानी भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ लगानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *