राष्ट्र बैंकको निष्कर्ष : समस्या नै समस्याको चंगुलमा लघुवित्त
नेपाल राष्ट्र बैंक मातहत बनेको लघुवित्तको समस्या अध्ययन समितिले लघुवित्त क्षेत्रका एक दर्जन समस्या पहिचान गरेको छ । अध्ययन समितिले लघुवित्तको मूख्य समस्या ऋण व्यवस्थापन रहेको निष्कर्ष निकालेको छ । लघुवित्त संस्थाले ऋण दिदा व्यवस्थापन गर्न नसकेका कारण अहिलेको समस्या आएको सम्बन्धित अध्ययन समितिका एक सदस्यले जानकारी दिए ।
लघुवित्तमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठको संयोजकत्वको केहि महिना अगाडी ‘लघुवित्तको समस्या अध्ययन समिति’ बनेको थियो । श्रेष्ठको संयोजकत्वमा दुईजना विज्ञ सदस्य, लघुवित्त बैंकर्स एसोसिएसनका पुर्ब अध्यक्ष प्रकाशराज शर्मा, बैंक तथा वित्तीय संस्था नियमन विभागका एक निर्देशक, लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभाग, संघका सदस्य सम्मिलित सात सदस्य समिति बनाईएको थियो । लघुवित्त बैंकर्स एसोसिएसनका पुर्ब अध्यक्ष प्रकाशराज शर्मा तत्कालिन अध्यक्ष हुँदा बनेको समितिमा अहिले लघुवित्त बैंकर्स एसोसिएसनका कार्यबाहक अध्यक्ष रामबहादुर यादव पनि जोडिएका छन् ।
गठित समितिले साउन पहिलो साता प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक प्रतिवेदनमा एक दर्जन समस्या देखिएको र त्यसको समाधान सहित अन्तिम प्रतिवेदन भदौ मसान्तसम्म ल्याउने तयारी गरिएको कार्यदलका संयोजक डा।प्रकाशकुमार श्रेष्ठले बिजखरलाई बताए । ‘लघुवित्तमा एक दर्जन समस्या पहिचान भएको छ । यसको समस्या समाधानको लागि हामीले सुभावहरु संकलन गरिरहेका छौं,’ श्रेष्टले भने, ‘समस्या समाधानको लागि हामीले भदौसम्मको म्याद लिएर अन्तिम प्रतिवेदन तयार गर्न छलफल गरिरहेका छौं ।’
आइतबार पनि लघुवित्त समस्या समाधानको विषयम छलफल भएको लघुवित्त बैंकर्स संघका पुर्ब अध्यक्ष प्रकाशराज शर्माले बताए । भदौ मसान्तसम्म अन्तिम प्रतिवेदन तयार गरेर लघुवित्तमा देखिएको समस्या समाधान गर्नको लागि राष्ट्र बैंकले निर्देशन जारी गर्ने संयोजक डा। श्रेष्ठ बताउँछन । उनका अनुसार अध्ययन कार्यदलले समस्या पहिचानका लागि देशका विभिन्न ४८ स्थानमा सर्वेक्षण गरिरहेको छ । ‘समस्या पहिचानको लागि स्थलगत कार्यदलले केहि ठाउँमा अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो,’ उनले भने, ‘एक स्थानमा लघुवित्तका ग्राहक र एक स्थानमा ऋणीसँँग पहिचान नखुलाई अन्तरक्रिया भएको थियो ।’