सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति बनाउने सहमति
हङकङबाट भित्रिएको अवैध ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार भएको छ। सिंहदरबारमा सोमबार मध्यरातिसम्म बसेको सर्वदलीय बैठकमा समिति बनाउने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
समिति बनाउनका लागि केही गृहकार्य गर्नपर्ने भएकाले तीन सदस्यीय समिति पनि गठन भएको उनले बताए। उनकाअनुसार समितिमा सुबास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे रहेका छन्। उक्त समितिले मंगलबार बिहान ११ बजेसम्म समिति गठनका लागि ड्राफ्ट तयार गर्ने र दिउँसो २ बजे पुनस् बैठक डाकिएको जानकारी उनले दिए।सहमतिसँगै संसद्को अवरोध खुलाउन नेकपा एमाले पनि तयार भएको छ ।