देश अन्तर्राष्ट्रिय तस्करको अखडा बनीसक्यो : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको बताएका छन् । नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा नेता कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा रहेको बताए ।
“नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको साख गिरेको छ,” कोइरालाले भने, “कुनै पनि काण्ड आउँछ, त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ ।
उनले सरकारका गतिविधिले जनतामा जान समेत अफ्ठ्यारो परेको बताए । कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजिवीहरुले आस मारेको भएर पनि देशमा थप समस्या देखिँदै गएको बताए ।
देश अझै पनि बजाउन सकिने भन्दै कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजिवीहरुसँग आग्रह गरे । अहिलेको देशको अवस्था भने ठिक नभएको उनको भनाइ थियो ।
”