सरकारको संलग्नताबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैन
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय किलो सुन बाहिरिन नसक्ने बताए।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताए।
उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए। उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए।