नेपाल टेलिकमले कमायो ७ अर्ब ८० करोड नाफा
नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म सात अर्ब भन्दा बढी नाफा कमाएको छ । नेपाल टेलिकमल सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ७ अर्ब ८० करोड ४५ लाख २६ हजार खुद नाफा कमाएको हो ।
अघिल्लो आवको सोहि अवधिको तुलनामा यो नाफा ७.८६ प्रतिशतले कम हो । अघिल्लो आवमा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, यस कम्पनीको कुल आय ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको छ ।
कम्पनीको कुल सञ्चालन आय पनि २.९४ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आवको सोहि अवधि ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष ४३.३६ रुपैयाँ रहेको छ ।