पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलमा १४ रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनपछि अब काठमाडौ, पोखरा र दिपायलमा पेट्रोललाई प्रतिलिटर १७८ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६७ रुपैयाँ पर्ने छ ।
सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ ।
नयाँ मूल्य आज राति १ बजेदेखि लागु हुने छ ।