सत्ता राप्रपाको प्राथमिकताको विषय होइन : राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताए ।
उनले कांग्रेस सांसद डा. सुनील शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको बताए । उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राखेको भन्दै यसमा पनि छलफल हुनुपर्ने बताए ।
अध्यक्ष लिङदेनले युवाले नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।