सत्ता पक्ष र प्रतिपक्षीले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकमा प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए । दुवैपक्ष उभिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक साउन ३१ गते बस्नेछ । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै आएको छ ।