नेप्सेमा एकपछि अर्को रेकर्ड, किन यस्तो उतारचढाव


काठमांडौ– पछिल्लो समय नेप्सेमा एकपछि अर्को रेकर्ड बनिरहेका छन् । बजार उच्च बिन्दुम पुग्छ, केही घण्टा टिक्न नपाउदै पुनः ओरालो लाग्छ ।
नेप्सेको इतिहासमै बुधबार नेप्सेले सार्बाधिक उच्च बिन्दु छोयो । तर त्यो उच्च बिन्दुमा केही मिनेट पनि टिक्न भने सकेन । बुधबार कारोबार प्रारम्भ भएको केही मिनेटमै ६५ अंकले बढ्दै सार्बाधिक उच्च बिन्दु २१२८ मा पुगेको नेप्सेको सुचक उच्च बिन्दुमा केहि मिनेट पनि अडिन नपाउदै ओरालो लागेको थियो ।
यअघि पनि मंसिर ३० गते बजार सार्बाधिक उच्च २१०१ को बिन्दुमा पुगेको थियो । त्यस दिन पनि नेप्से केही समय पछि उच्चतम् बिन्दुमा अडिन ।सकेन । उक्त दिन सार्बाधिक उच्च अंकमा पुगेको नेप्से केही समयमै ओरालो लाग्दै कारोबारको अन्तसम्म आइपुग्दा २०६१ अंकमा झरेको थियो ।
बजारमा किन यस्तो हुन्छ त रु हाम्रो जिज्ञासामा सेयर बिष्लेषक बिष्णु बस्याल भन्छन्, “बजार बढेर जब माथिल्लो बिन्दुमा पुग्छ, अनि लगानीकर्ताहरु आफ्नो नाफा बुक गर्न हतारिन्छन् । त्यसपछि विक्री चाप बढ्छ ।
जब बजारमा खरिदकर्तभन्दा बिक्रेता बढी हुन्छन्, त्यसपछि सेयरको मूल्य घट्छ । यसले नेप्से परिसूचकलाइ गिराउँछ । बजारले नयाँ उचाई लिदै गर्दा लागनीकर्ताहरुले सेयर होल्ड गर्ने धैर्यता गुमाउँछन् ।
सेयर कारोबारमा कुनै दिन बजार भारी अंकले बढ्दा लगत्तै दोस्रो दिन बजार घट्ने गरेको छ । बढेता पनि न्यून अंकले बढ्ने ट्रेन्ड अहिले बजारमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *