सहकारी संस्थाहरूका लागि विभागले दियो नयाँ निर्देशन


सहकारी विभागले सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन दिएको छ । विभागले सोमबार देशभर रहेका सबै सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन दिएको हो ।

नयाँ निर्देशन अनुसार १० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी संघ संस्थाहरू नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु)मा रहेको गोएमएलको सिस्टम को टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोमेन्टमा यथाशीघ्र रजिष्टर्ड हुनपर्नेछ । वेब एक्सएमएल मार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदनका विवरणहरू प्रणाली मार्फत प्रेषित गर्नु पर्ने सहकारी विभागले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनको लागि सहकारी विभागद्वारा “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको (तेस्रो संशोधन) निर्देशन, २०७४” जारी गरी कार्यान्वयनमा रहेको छ । प्रतिवेदन पठाउँदा १० करोडभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरू गोएमएल सिस्टममा रिपोर्टिङ गर्नु पर्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *