हिमालयन हाइड्रोपावरको खुद नोक्सानी ६९ लाखभन्दा बढी


हिमालयन हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६९ लाख १६ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ५ करोड ४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनीले गत वर्ष भने नोक्सानी निकै कम गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार वित्तीय खर्च कम हुँदा नोक्सानी घट्न सहयोग पुगेको देखिन्छ । अघिल्लो वर्ष ९ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ४ करोड १ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । साथै अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको आम्दानी समेत बढेको छ ।

अघिल्लो वर्ष ६ करोड २६ लाख रूपैयाँभन्दा बढी रहेको आम्दानी गत वर्ष ७ करोड १७ लाख रूपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँँजी १ अर्ब ९ करोड ५० लाख रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग ३१ करोड ४८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीको कर्जा तथा सापटी रकम अघिल्लो वर्ष १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी रहेको छ । ६३ रूपैयाँ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रूपैयाँ २४ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *