एनएमबी बैंकको नाफा ३ अर्ब ४१ करोडभन्दा बढी, वितरणयोग्य कति ?


गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडले ३ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खुद नाफा करिब ४ प्रतिशत मात्र बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ३ अर्ब २९ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

गत वर्ष चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्ष नोक्सानीवापत ३ करोड ७२ लाख रूपैयाँभन्दा बढी रकम फिर्ता भएकोमा गत वर्ष इम्पेयरमेन्ट चार्ज १ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कायम गरिएको छ । इम्पेयरमेन्ट चार्ज वापतको रकम बढ्दा गत वर्ष बैंकको खुद नाफा प्रभावित बनेको हो ।

गत वर्ष बैंकले ४ अर्ब ९४ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । हाल बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रूपैयाँ छ । रिटेन्ड अर्निग १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम ८ अर्ब ७४ करोड रूपैयाँभन्दा बढी छ ।

गत वर्ष करिब १४ प्रतिशत बढी २ खर्ब १० अर्ब ३० करोड रूपैयाँ निक्षेप संकलन गरेको बैंकले ८ दशमलव २२ प्रतिशत बढी १ खर्ब ८९ अर्ब ३२ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ४५ प्रतिशत रहेकोमा गत वर्ष २ दशमलव ७२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १८ रूपैयाँ ५७ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५ रूपैयँँ ७९ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *