सभामुखसँग जनता समाजवादी पार्टीको छलफल
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको र पुनर्गठन हुने संकेत गर्दै वक्तव्य जारी गरेको भोलिपल्ट जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु उनलाई भेट्न सिंहदरबार पुगेका छन्।
जसपा संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार सभामुखले सबैसँग सल्लाह गरेर अघि बढ्ने जवाफ जसपाका नेताहरुलाई दिएका छन्। भेटमा भट्टराईसहित नेताहरु उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण सहभागी थिए।
सिंहदरबारमा उनीहरुले संसद बोलाउन सभामुखसँग माग गरे। जसपाका नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्ष सुनाउँदै तत्काल बैठक आह्वान गर्न आग्रह गरेका थिए।
भेटमा सभामुखले आफू संसद बैठक बोलाउने तयारीमा रहेको भन्दै ‘ग्रीन सिंग्नल’ दिएका थिए।