प्रभु इन्स्योरेन्सको शेयर कारोबार आजदेखि फुकुवा


प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासन सम्बन्धि निर्णयको जानकारी समयमै नगराएको भन्दै नेप्सेले साउन ४ गतेदेखि कारोबार रोक्का गरेको थियो ।

नेप्सेले तीनदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिदैं कारोबार रोक्का गरेको थियो । कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हने वा नहुने अन्योल रहेको व्यहोरा सहितको पत्र नेप्सेको पठाएको छ ।

कम्पनीको तर्फबाट धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको पालना गर्ने प्रतिबद्धता भएपछि कम्पनीको शेयर कारोबार फुकुवा गरिएको जानकारी नेप्सेले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *