सुडानमा द्वन्द्वमा मारिएका ८७ जनाको चिहान फेला
सुडानको पश्चिमी डार्फर राज्यमा आरएसएफले हत्या गरेका ८७ जनाको शव फेला परेको छ ।
सुडानी अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र तिनका सहयोगीले मारेको भनिएको कम्तीमा ८७ जनाको शव पश्चिम डार्फर राज्यको राजधानी एल–जेनिनाबाहिर रहेको एक सामूहिक चिहानबाट फेला परेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“सामूहिक चिहानमा मासलित मानिसहरूका शवहरू समावेश छन्, जुन राज्यमा जातीय–प्रेरित लडाइँको सकेत हो, किनकि सुडान देशको सेना र आरएसएफबीच अप्रिल १५ मा सुरु भएको द्वन्द्वमा फसेको छ,” संयुक्त राष्ट्र संघको एक विज्ञप्तिमा भनिएको छ।
संयुक्त राष्ट्रसंघको कार्यालयले गत जुन १३ देखि २१ को बीचमा एल–जेनिनाको अल–मदारेस र अल–जमारेक जिल्लामा मासालित समुदाय र अन्य ८७ जनाको हत्या भएको थियो । उक्त चिहानमा जुन १४ मा आरएसएफको हिरासतमा वेस्ट डार्फरका गभर्नर खामिस अब्बेकरको हत्यापछि भएको हिंसाका धेरै पीडित भेटिएको जनाइएको छ ।
फेला परेका शवमध्ये सात जना महिला र सात जना बालबालिका रहेका छन् । उनीहरूको उपचार नगरिएका चोटपटकका कारण मृत्यु भएको संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ ।