बरूण हाइड्रोको विशेष साधारण सभा, शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव
बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको उक्त निर्णयलार्ई कम्पनीले विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्न लागेका ेहो । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५८ लाख १५ हजार रहेको छ ।
सोही पूँजी बराबरको हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड १६ लाख ३० हजार कायम हुनेछ । सभाका लागि कम्पनीको ठेगाना परिवर्तन गर्न र पूँजी बृद्धि गर्न प्रबन्ध पत्र, तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव समेत तय गरिएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तिायारी समेत सभामार्फत दिने कार्यक्रम रहेको छ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन ४ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।