अपर तामाकोशीले धितोपत्र बोर्डबाट पायो हकप्रद निष्काशन अनुमति


अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २२ गते कम्पनीलाई हकप्रदको लागि अनुमति प्रदान गरेको हो ।

अपर तामाकोशीले १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक र सह बिक्रि प्रबन्धक चयन गरिसकेको छ । कम्पनीले नागरिक लगानी कोषलाई बिक्रि प्रबन्धक र सनराइज क्यापिटललाई सह बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *