ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवासको जग्गा प्रकरणमा थप ४०६ जनालाई पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा हिनामिना गरेको आरोपमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सरकारी जग्गा हिनामिनामा संलग्न पूर्वसचिवनहरु सुधीर शाह पहिला नै पक्राउ परिसकेका छने भने दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसमा बस्नेत भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।
नेपाल प्रहरी स्रोतका अनुसार ललिता निवास प्रकरणमा हालसम्म ४०६ जनाविरुद्ध अदालतबाट पक्राउका लागि गृहले अनुमति दिएको छ । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।