नेदरल्यान्ड्स विश्वकपमा छनोट


आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डलाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्स १२ वर्षपछि आईसीसी क्रिकेट विश्वकपमा छनोट भएको छ । नेदरल्यान्ड्सले पछिल्लोपटक सन् २०११ को विश्वकप खेलेको थियो ।

यो खेलसँगै छनोटबाट विश्वकप खेल्ने दुई टिमको टुंगो लागेको छ । छनोटबाट शीर्ष स्थानमा रहेको श्रीलंकाले भारतमा हुने विश्वकपमा स्थान बनाइसकेको छ ।

छनोटको सुपर सिक्समा श्रीलंकासँगै वेस्ट इन्डिज, ओमान, जिम्बाब्वे, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्सले जिम्बाब्वे र वेस्ट इन्डिजजस्ता टेस्ट राष्ट्रलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । अब सुपर सिक्सको अन्तिम खेलमा श्रीलंका र वेस्ट इन्डिजले खेल्न बाँकी छ ।बिहीबार जिम्बाब्वेको बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाएर भेट्टाउदै विश्वकपमा स्थान पक्का गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *