सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


सिटिजन्स बैंक इन्टरनेसनलले ११ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यस अघि कम्पनीले जेठ १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी विक्री खुलाको सुचना जारी गरेको थियो ।

तोकिएको अवधिभित्र यस अघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री खुला गरिएको हो ।

शेयरको मूल्य प्रतिकित्ता रू. १३५ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन पेश गर्नुपर्नेछ । आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *