पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमण बढ्दै


पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमणका घटना बढ्दै गएका छन् । पछिल्लो समय पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा शिख समुदायका मानिसमाथि आक्रमण भएको हो ।आक्रमणमा परी उनको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मारिने व्यक्तिको नाम मनमोहन सिंह रहेको बताइएको छ ।

३४ वर्षे सिंह अटो रिक्सा चढेर घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार अज्ञात हतियारधारीको समूहले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *