असार २४ गतेदेखि एकिकृत कारोबार गर्दै साना किसान र आरएमडीसी लघुवित्त


साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २४ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी एक भई आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जर सम्बन्धि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबा असार ४ गते दुबै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।

मर्जर प्रयोजनका लागि असार २२ गतेदेखि २४ गते विहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने जानकारी कम्पनीहरूले गराएका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्तापूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार रहेको छ भने साना किसान लघुवित्तको रू. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार छ । एकिकृत कारोबार गरेको दिनदेखि दुबै सूचीकृत कम्पनीको शेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *