मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक तर्फको ३९ हजार १६२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १० हजार कित्ता संस्थापक शेयरधनीहरूका लागि र २९ हजार १६२ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूमा यस अघि विक्री खुला गर्दा वितरण हुन नसकेको २९ हजार १६२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरिएको हो । दुबै प्रकारको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौं र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ, धरानमा आवेदन पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर तोकिएको अवधिभित्र वितरण नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।