भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेका छन्


राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेको आरोप लगाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् ।

‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षड्यन्त्र गरिरहेका छन्,’ बैठकमा उनले भने ।

यसअघि पनि ठूल्ठूला भ्रष्टाचारीलाई सरकारले जोगाउने गरेको आरोप लगाउँदै उनले पैसाकै लागि भ्रष्टाचारीलाई उम्काउन कालोकोटधारीले दुष्साहस र षड्यन्त्र गरिरहेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *