नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त


नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गरिएको हो ।

बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ भने हाल रहेका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय भएको छ । वैरागी तीन महिनापछि अवकाश पाउन लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *