मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए दोस्रोपटक विश्वासको मत
मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा शून्य मत खस्यो ।
बैठकमा नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।
जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए । उनले आफ्नो कार्यकालमा दोस्रोपटक विश्वासका मत लिएका छन् ।