राष्ट्र बैंकले ३० अर्ब ८७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने


नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) ३० अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १९ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १९ गते, १८२ दिन अवधिको मंसिर १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *