आफूविरुद्ध लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न ओलीको चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रनिधिसँगै बोल्दै उनले आफूविरुद्ध भ्रष्टाचारको आरोप लगाएको भन्दै पुष्टि गर्न चेतावनी दिए ।
जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद् लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टचार गरेको आरोप लगाएका थिए । ओलीले आफूले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाए ।
“अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशु्पतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले,” ओलीले भने । ओलीले त्यसमा संसद् अवरुद्ध भएको बताउँदै अवरोध हुनैपर्ने बताए ।
“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकबास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन ।आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने ।