नीति तथा कार्यक्रम छक्का हानेर रिङ आउट गर्नुपर्छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम देशको प्रतिष्ठा बढाउने, देशको विकास गर्न सक्षम नभएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम समर्थन गर्न नसकिने बताए । नीति तथा कार्यक्रमले केही नहुने दाबी गरे । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिलेको कार्यक्रम फिर्ता लिएर नयाँ बनाउन आग्रह गरे ।
“पहिलो कुरा सम्माननीय प्रधानमन्त्रीले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर पठाइदिनुपर्छ, रिङआउट,” ओलीले भने ।