नक्कली शरणार्थी प्रकरण : १६ जनाबाहेक पनि मुद्दा लगिँदै


नक्कली शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेर प्रहरीले आज अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको छ ।१०६ जना पीडित रहेको यो मुद्दामा पक्राउ परेका र फरारहरुलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगीमा मुद्दा चलाइने भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार प्रतिवेदनमा सबै उल्लेख गरिएको बताउँदै आजै बुझाउने तयारी रहेको बताएका छन् ।यस घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, शमशेर मियाँ, टेकनाथ रिजाल, आङटावा शेर्पा, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

त्यस्तै थप १६ जना फरारको सूचीमा रहेको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको स्रोत बताउँछ ।

जसमा बादलका छोरा प्रतीक थापा, राईका छोरा नीरज, केशव तुलाधर, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाइँ, सुनील बुढाथोकी, विनिता लिम्बू, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशीष बुढाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *