कोहलीको शतकमा बेङ्लोरको सहज जित


विराट कोहलीको शतकप्रेरित रोयल च्यालेन्जर्स बेंलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

राजिव गान्धी रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १८७ रनको लक्ष्य बेङ्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

बेङ्लोरको जितमा ओपनर विराट कोहलीले १०० रन बनाए । कोहलीले ६३ बलमा १२ चौका र चार छक्का प्रहार गरे । कप्तान फाफ डू प्लेसिसले ४७ बलमा सात चौका र दुई छ्क्का प्रहार गरे ।

यी दुईले पहिलो विकेटका लागि १७२ रनको साझेदारी गर्दै बेङ्लोरको सहज जितको आधार तय गरेका थिए ।

हैदराबादका भुवनेश्वर कुमार र टी नटराजनले समान एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *