एनआईसी एशिया बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी
एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले जेठ २ गतेदेखि ९ गतेसम्म विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
बैंकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३६५ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ १० गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।